मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ असार १ मंगलबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ असार १ मंगलबार १३:५७:००

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक गुलावजंग शाहले बताए । प्रदेश सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।