Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार १ मंगलबार ०९:१९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अस्ट्रिचको मासुबाट कस्ता–कस्ता परिकार ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार १ मंगलबार ०९:१९:००

सेफको सल्लाह

आरबी बुढाथोकी
सुसेफ 
दि सोल्टी, काठमाडौं

अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ ।

अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै मूल्यमा पाइन्छ । हड्डीसहित एक हजार चार सय ५० र हड्डीबाहेक एक हजार नौ सय ५० रुपैयाँ पर्छ । अफ्रिका र अरबको मरुभूमिमा पाइने सुतुरमुर्ग अथवा अस्ट्रिच सबैभन्दा ठूलो चरा हो । यो चरा उड्न सक्दैन । यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामसम्म हुन्छ । सबैभन्दा ठूलो अन्डा पार्ने चरा पनि सुतुरमुर्ग हो । यसको अन्डाको तौल १.५ किलोग्राम हुन्छ । यसको अन्डा उसिन्न ५० मिनेट लाग्छ । 

अस्ट्रिचको मासु मुटुरोगीलाई निकै नै राम्रो हुने चिकित्सकहरूले सल्लाह दिन्छन् । रातो मासु खान नहुने रोगीलाई पनि अस्ट्रिचको मासु उपयुक्त मानिन्छ । अस्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बालबालिका लागि समेत यो उत्तम हुन्छ ।

अन्डाको खोलबाट सजावटका वस्तु बनाइन्छ । एउटै अन्डाको तौल करिब साढे एक केजीसम्म हुन्छ । एउटा पोथी ‘अस्ट्रिच’ले वर्षभरिमा कम्तीमा २० र बढीमा ४० वटा फुल पार्छ । यो चराको प्वाँखबाट आकर्षक उपहारका सामग्री पनि बनाइन्छ । यसको बोसोबाट क्रिम बनाइन्छ । वयस्क अस्ट्रिचले एकदिनमा पाँच किलोजति दाना र घाँस तथा करिब चार लिटर पानी खान्छ । यसको आयु ८० वर्ष रहेको बताइन्छ । सामान्यतया ४० वर्षसम्म व्यावसायिक रूपमा फाइदाका लागि पालिन्छ ।

अस्ट्रिचको मासु कसरी खाने ?
अस्ट्रिचको मासु कुखुरा हाँसको जस्तै गरी विभिन्न परिकार बनाएर खान सकिन्छ । यसको मासुलाई झोल हालेर बनाउन पनि सकिन्छ र छोइला या सेकुवा बनाएर खाँदा पनि स्वादिष्ट हुन्छ । बिदेशमा यसलाई स्टेकको रुपमा ग्रिलगरी खाने चलन पनि छ । अस्ट्रिचको मासुको बर्गर पनि विदेशतिर निकै लोकप्रिय छ । यो चाराको पार्टपार्टको भिन्नभिन्न परिकार बनाउन पनि खप्पिस हुन्छन् विदेशी सेफहरू । अस्ट्रिचलाई ओभन रोस्ट या किमा बनाएर खाँदा पनि राम्रो हुन्छ । अस्ट्रिचको ससेज र सलामी पनि उत्तम भोजन हुन्छ । अस्ट्रिचको मिटबल र कबाब पनि बनाएर खान सकिन्छ । विदेशीहरू अस्ट्रिच चराको तन्दुरी र सलादहरू पनि बनाउन खप्पिस हुन्छन् ।

स्वास्थ्यलाई यस्ता फाइदा 
- अस्ट्रिचको मासुमा निम्न कोलेस्ट्रोल हुने हुँदा स्वास्थ्यका हिसाबले उत्तम हुन्छ ।

- बोसोको मात्रा पनि एकदम न्यून हुन्छ ।

- प्रोटिन र आइरन उच्च हुने हुँदा मासुमा उत्तम मानिन्छ ।

- मुटुसम्बन्धी समस्या हुनेहरूका लागि त निकै राम्रो मानिन्छ । 

- रातो मासु खान नहुने रोगीलाई पनि अस्ट्रिचको मासु उपयुक्त मानिन्छ ।

- अस्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बालबालिकाका लागि राम्रो मानिन्छ । 

- बालबालिदकादेखि वृद्धवृद्धासम्म सबैलाई हुने हुँदा परिवारमा बसेर खान उत्तम मासु हो ।

- अस्ट्रिचको अन्डा पनि स्वास्थ्यका लागि राम्रो डाइट मानिन्छ ।