मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२०७८ असार १ मंगलबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सोलुखुम्बुमा ११ महिनामा ६६ जनाले गरे आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
२०७८ असार १ मंगलबार ०८:२९:००

सोलुखुम्बुमा चालू आर्थिक वर्षको ११ महिनामा ६६ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकअनुसार गत साउनदेखि हालसम्म ६६ जनाले आत्महत्या गरेका हुन् । जसमा सबैभन्दा धेरै झुन्डिएर आत्महत्या गर्नेको संख्या ५७ रहेको छ । विष सेवन गरी ६ र हामफालेर तीनजनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

साउनमा पाँच, भदौमा चार, असोजमा ६, कात्तिकमा ११, मंसिरमा एक, पुस र माघमा नौरनौ, फागुनमा चार, चैतमा सात, वैशाख र जेठमा पाँच/पाँचजनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । आत्महत्याको दर बढ्नुको प्रमुख कारण कोरोना महामारीको असर भएको प्रहरी नायब उपरीक्षक कवित कटुवालको भनाइ छ ।

कोरोनाका कारण रोजगारी गुमाएर, आर्थिक संकट परेका, बन्दाबन्दी, घरेलु हिंसामा परेर मानसिक स्वास्थ्यमा समस्या भएका कारण आत्महत्या गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ ।