Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १ मंगलबार ०८:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से ३ हजार बिन्दुमाथि प्रवेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १ मंगलबार ०८:०१:००

४३ अंकले बढ्दा सकारात्मक सर्किट लाग्नेमा धेरैजसो जलविद्युत् कम्पनी

नेपाली सेयर बजार यतिवेला ३ हजार बिन्दुुको यात्रामा प्रवेश गरेको छ । नेप्से सूचकमा नयाँ रेकर्ड बनाउँदै उकालो लागेको हो । ३ हजारको बिन्दुुमा प्रवेशकै लागि करेक्सनपछि पनि बजारले उकालो यात्रा समात्दै अघि बढेको छ । नेप्सेको निरन्तर उकालो यात्राले ठूला लगानीकर्ता यतिवेला उत्साहित बनेका छन् भने साना लगानीकर्ताले छोटो अवधिमा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । 

लगानीकर्ता सोमबारको सेयर बजारलाई ऐतिहासिक भएको दाबी गर्छन् । लगानी गर्ने वातावरण पनि सही भएको र एकपछि अर्को गर्दै कम्पनी फेर्दै लगानीकर्ताले आकर्षण बढाएका छन् भने कारोबार रकमले पनि बजारलाई साथ दिएकै कारण सेयर बजारले एकपछि अर्को फड्को मार्दै अघि बढेको लगानीकर्ताको भनाइ छ ।

आइतबार नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३ हजार २५ दशमलव ८३ बिन्दुुमा पुुगेर बन्द भएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १० दशमलव ६० अंकले बढेर ५ सय ५५ बिन्दुमा पुुगेको छ । 

कारोबारमा आएका १३ समूहको सूचकमध्ये ७ समूहको सूचक सकारात्मक रहेको छ । होटेल तथा पर्यटन समूहको ४ प्रतिशतले बढेको छ भने जीवन बिमा, वाणिज्य बैंक, फाइनान्समा हरियाली छाएको छ । जलविद्युुत्, माइक्रो फाइनान्स, विकास बैंकका लगानीकर्ता भने सोमबारको बजारले निराश बनेका छन् ।

सबैभन्दा धेरै बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेडको सेयर रहेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । रकमको हिसाबले सबैभन्दा धेरै बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयर मूल्य १ सय ४ रुपैैयाँले बढेर प्रतिसेयर मूल्य १ हजार १ सय ४४ रुपैयाँ पुगेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २१ कम्पनीको ३ करोड ५० लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ  भने अपि पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ५० करोड २९ रुपैयाँको कारोबार भएको छ ।