मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ ३१ सोमबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली पास प्रयोग गरी सवारीसाधन चलाउने दुई पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ जेठ ३१ सोमबार २१:२२:००

निषेधाज्ञामा नक्कली सवारी पास प्रयोग गरी सवारीसाधन चलाउने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ मझुवागढी नगरपालिका– ११ का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् । 

उनीहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले एकान्तकुनास्थित चक्रपथबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले नक्कली सवारी पास प्रयोग गरी मोटरसाइकल चलाउँदै आएका थिए । नियमित जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।