मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार १७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनमोर्चाका प्रदेश सांसद थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर, अन्तरिम आदेश खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार १७:४४:००

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई गरेको कारबाही सर्वोच्च अदालतले सदर गरिदिएको छ । पार्टीको निर्णयविपरीत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समर्थन गरेपछि जनमोर्चाले थापालाई पार्टी र सांसदबाट कारबाही गरेको थियो । 

यसअघि थापाको पक्षमा सर्वोच्चले गरेको अन्तरिम आदेश सोमबार खारेज भएको छ । अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेशसभा सचिवालय, प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारी र राष्ट्रिय जनमोर्चाले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । पुनरावेदन निवेदनमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले  अन्तरिम आदेश खारेज गरेको हो ।