मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका ओखलढुंगा
२०७८ जेठ ३१ सोमबार १२:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
२०७८ जेठ ३१ सोमबार १२:०८:००

ओखलढुंगामा उच्च रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । शिशु जन्मिएपछि  सुरु भएको उच्च रक्तस्रावबाट जिल्लाको मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । 

शेर्पालाई आइतबार श्रीचौर स्वास्थ्यचौकीले ओखलढुंगा सामुदायिक अस्पताल रेफर गरेको थियो । अस्पताल नलगी स्थानीय पेसा पेसला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा उनको मृत्यु भएको स्थानीय शिवकुमार कार्कीले जानकारी दिए । 

कोरोना कहरको डरले सुरुमा अस्पताल नलगिएको र आपतकालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।