१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोप लगाउन पाउनुपर्ने माग राख्दै रेस्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार ११:४७:००

रेस्टुरेन्ट व्यवसायीले रेस्टुरेन्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका छन् । लकडाउनको मार खेपिरहेका रेस्टुरेन्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

‘कोरोनाले रेस्टुरेन्ट व्यवसाय तथा यसमा आबद्ध श्रमिकहरू विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरूको हकहित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीवीलाई यथाशीघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौँ,’ ज्ञापनपत्रमा लेखिएको छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन समूहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लकडाउनको मार खेपिरहेका छौँ । त्यसमाथि हाम्रा श्रमजीवीले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौँ मानिसको जीवन असुरक्षित भएको छ ।’

विभिन्न उमेर समूह र फ्रन्ट लाइनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेस्टुरेन्ट क्षेत्रलाई भने ओझेलमा पारिएकोप्रति गुनासो पनि गरेका छन् । ‘हाम्रा श्रमजीवीले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसँगै मजदुर र करोडौँ उपभोक्ताको  पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी पासाङ घिसिङले  सुनाए ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेस्टुरेन्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताए ।