मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ जेठ ३१ सोमबार १०:३५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पिपिआर संक्रमणबाट लमजुङमा  १८ वटा बाख्रा मरे

Read Time : < 1 मिनेट
२०७८ जेठ ३१ सोमबार १०:३५:००

लमजुङको राइनास नगरपालिका– ८ हर्राबोट क्षेत्रमा बाख्रामा पिपिआर रोग संक्रमण देखिएको छ । हर्राबोट क्षेत्रमा धेरै बाख्रा बिरामी भएपछि बाख्राको नमुना परीक्षण गर्दा पिपिआर रोग पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताए ।

पिपिआर रोगबाट अहिलेसम्म ७४ वटा बाख्रा बिरामी परेकोमा १८ वटा बाख्रा मरिसकेका छन् । बाख्रामा पिपिआर रोगको जोखिम बढेसँगै अहिले यस क्षेत्रका बाख्राको उपचार गरिएको श्रेष्ठले बताए । हर्राबोटमा एक हजार नाै सयवटा बाख्रामा पिपिआर खोप लगाइएको छ । बिरामी भएका बाख्राको उपचार गरिएसँगै स्वास्थ्य अवस्था सुधारात्मक रहेको केन्द्रले जनाएको छ ।

 केन्द्रका प्रमुख डा. श्रेष्ठका अनुसार पिपिआर रोग विषाणुबाट लाग्छ, यो एकदमै छिटो छिटो सर्ने हुन्छ । यस रोगको प्रमुख लक्षणमा बाख्रामा अत्यधिक ज्वरो आउने, मुख, थुतुनो सुन्निने, आँखा राताराता देखिने, खाना नखाने, नाकबाट सिगान बगाउने, निमोनिया हुने र तापक्रम घट्दै गई मृत्यु हुने गर्दछ । उक्त क्षेत्रमा संक्रमण फैलिएकाले सामूहिक रूपमा बाख्राको चरिचरन नगर्न विज्ञ केन्द्रले किसानहरूलाई अनुरोध गरेको छ ।