मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ जेठ ३१ सोमबार १०:३०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्टर्लिङले इंग्ल्यान्डलाई जिताए

Read Time : < 1 मिनेट
२०७८ जेठ ३१ सोमबार १०:३०:००

 इंग्ल्यान्डले जितसँगै युरोकप २०२० को यात्रा सुरु गरेको छ । लन्डनस्थित वयम्ली रंगशालामा आइतबार साँझ भएको खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि १–० को जित निकालेको हो ।

इंग्ल्यान्डले समूह डीमा महत्वपूर्ण तीन अंक जोड्दा स्ट्राइकर रहिम स्टर्लिङले एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको ५७औँ मिनेटमा इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलकै म्यान अफ दी म्याच केल्भिन फिलिप्सको क्रसमा स्टर्लिङले गोल गरेका हुन् । 

स्टर्लिङलाई पास दिनुअघि फिलिप्सले क्रोएसियाका दुई डिफेन्डरलाई उत्कृष्ट ड्रिब्लिङ गर्दै कटाएका थिए । त्यसपछि उनले स्टर्लिङलाई डिबक्सभित्र पास दिएका हुन् । उत्कृष्ट फर्ममा रहेका स्टर्लिङले पछिल्लो १७ खेलमा १३ गोल गरेका छन् । उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट १५ गोल संख्या पुर्‍याएका छन् । 

यस खेलको रमाइलो पक्ष नै इंग्ल्यान्ड र क्रोएसियाले बल पोसेसन ५०–५० प्रतिशत राखेका थिए । इंग्ल्यान्डले क्रोएसियाको पोस्टमा आठपटक गोल प्रयास गर्दा क्रोएसियाले पनि त्यही अंकमा पोस्ट चार्ज गरेको थियो । आक्रामक तथा डिफेन्ससिप रणनीति अपनाएको क्रोएसिया र इंग्ल्यान्डले समान एक कर्नर पाएका छन् ।

विश्वकप २०१८ को उपविजेता क्रोएसियाले खेलमा केही राम्रो गोल गर्ने अवसर पाएको थियो । तर, स्ट्राइकरले त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलमै हारको सामना गर्‍यो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा इंग्ल्यान्डका फिल फोडेनको प्रहार बारमा लागेर फर्किएको थियो । सन् २०१८ मा रसियामा भएको विश्वकपको सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई हराउँदै पहिलोपटक फाइनल स्थान सुरक्षित गरेको थियो ।