Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रोकिएको खोप पुनः सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार ०८:१५:००

 काठमाडौं महानगरपालिकाले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । २८ जेठमा छुटेका ६१ वर्ष र २९ गते छुटेका ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो ।

ती उमेर समूहका व्यक्तिलाई ३१ जेठ र १ असारमा दुई दिन खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ । ‘६० देखि ६१ वर्ष उमेर समूहका छुटेका व्यक्ति र स्वास्थ्य मन्त्रालयले तोकेको व्यक्तिलाई खोप लगाउन लागेका हौँ । मन्त्रालयले भनेअनुसार हामीले वडाहरूलाई परिपत्र गरेका छौँ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने ।