मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०८:३५:००
Read Time : < 1 मिनेट
अर्थ

स्वावलम्बन लघुवित्तका अध्यक्षले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०८:३५:००

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । वित्तीय संस्थाको १ पुस ०७५ मा बसेको सञ्चालक समितिको २९८औँ बैठकले सञ्चालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो । 

त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन. जोशीलाई मनोनयन गरिएको छ । साथै, सञ्चालक समितिले व्यावसायिक विशेषज्ञका तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई सञ्चालक समितिमा मनोनयन गरेको छ ।

वित्तीय संस्थाको संस्थापक शेयरधनीहरू स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र नबिल बैंक रहेका छन् । संस्थाले ०७५ कात्तिकसम्म ५७ जिल्लाका १ सय २८ शाखा तथा उपशाखा कार्यालयबाट करिब २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ ।