१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ ३० आइतबार १८:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

Read Time : > 1 मिनेट
२०७८ जेठ ३० आइतबार १८:४२:००

लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलले निर्णयार्थ पेस गरेको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुखले घोषणा गरेका थिए । 

नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम पेस गरेका थिए । उक्त दिन विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बहिष्कार गरेका थिए ।

विपक्षी दलहरूद्वारा मतदानमार्फत टुुंग्याउन माग
विपक्षी दलहरू नीति तथा कार्यक्रम असफल बनाउने रणनीतिमा रहेका थिए । कार्यक्रम विपक्षी दलहरूले मतदानमार्फत टुुंग्याउन माग गरेका थिए । आइतबार जसपा (उपेन्द्र यादव) पक्षले नीति तथा कार्यक्रमको विपक्षमा उभिन ह्विप जारी गरेको थियो ।

सभामुुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले निर्णयार्थ पेस गरेको नीति तथा कार्यक्रम हुन्छ र हुन्न भन्ने प्रक्रियाबाट गएका थिए । सो क्रममा विपक्षी दलहरूले हात उठाएर असहमति जनाएका थिए । सभामुुखले संसद्को भिडियो रेकर्ड हुने र कुनै समस्या भए अर्को प्रक्रियामा जान सकिने बताएका थिए । 

कांग्रेससहितको चारदलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया अवैधानिक भएको र त्यसमा प्रदेश प्रमुख यादवले साथ दिएको भन्दै विरोध गर्दै आएका थिए । सभामा आइतबार सत्तापक्ष र प्रतिपक्षका सांसदहरू उपस्थित थिए । 

कोभिड– १९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम ल्याएको छ । 
नीति तथा कार्यक्रम पारित हुनुअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दै सरकारले समृद्ध र खुसी प्रदेशको सपना पूरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । उनले राजनीतिक हिसाबले सरकारसँग ४५ सांसद रहेको तर्क गरेका थिए । मुख्यमन्त्री पोखरेलले आइतबार प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिँदै सरकारसँग ४५ जना सदस्य रहेको दाबी गर्दै सरकार बहुमतमा रहेको दाबी गरेका थिए । 

राजनीतिमा बहुमतको निर्णय मान्य हुने बताउँदै राजनीतिक रूपमा जसपाका ६ सांसद र नेकपा एमालेकी विमला ओलीसहित ३९ जना सांसद सत्ता पक्षमा रहेको मुख्यमन्त्रीको दाबी थियो । प्रदेश सभाको अर्को बैठक १ असारको दिउँसो ३ बजे बस्नेछ ।