मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३० आइतबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा ७ असारसम्म निषेधाज्ञा थपियो, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३० आइतबार १७:३२:००

काठमाडौं उपत्यकामा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञाको अवधि बढाएर ७ असारसम्म पु¥याइएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई ७ असारसम्मै सञ्चालनमा रोक लगाइएको छ । यद्यपि औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ । 

तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । विकास निर्माणजन्य सामग्रीका  पसल छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । 

यस्तै, अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । सवारी साधन मर्मतका लागि वर्कशप बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ । निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने पराजुलीले बताए ।