मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३० आइतबार १७:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा थप ४६ कोरोना संक्रमितको मृत्यु, ३९९४ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३० आइतबार १७:२८:००

नेपालमा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार चार सय १२ पुगेको बताए । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार चार सय ६ जनाको परीक्षण गरिएको छ । सात हजार पाँच सय १७ जनाको पिसिआर विधिबाट र चार हजार आठ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको पौडेलले जानकारी दिए । 

कोरोनाको लक्षण देखिए स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न उनले आग्रह गरेका छन् । क्षमताभन्दा आधाले मात्र परीक्षण गरिएको उनले बताए ।

पछिल्लो २४ घन्टामा दुई हजार चार सय सातजना संक्रमित थपिएका छन् । पिसिआरबाट १६ सय ९४ जना र एन्टिजेनबाट सात सय १३ जनामा संक्रमण देखिएको पौडेलले बताए । 

यो अवधिमा तीन हजार नौ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ४४ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।