मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँदिल्ली
२०७८ जेठ ३० आइतबार ११:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा ७० दिनयताकै सबैभन्दा कम संक्रमित

Read Time : < 1 मिनेट
नयाँदिल्ली
२०७८ जेठ ३० आइतबार ११:०७:००

भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकै दिनमा सबैभन्दा कम संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८४ हजार तीन सय ३२ जना नयाँ संक्रमित थपिएका हुन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको संख्या घट्दै गएकाले अवस्था सकारात्मक हँुदै गएको भन्दै खुसी व्यक्त गरेको छ । नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमित दुई करोड ९३ लाख ५९ हजार एक सय ५५ पुगेको मन्त्रालयले जनाएको छ । 

कुल संक्रमितमध्ये १० लाख ८० हजार ६ सय ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको अधिकारीहरूको भनाइ छ । पछिल्लो एक दिनमा ४० हजार नौ सय ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पनि मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।