मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ३० आइतबार १०:५५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जति कम निद्रा त्यति धेरै स्वास्थ्य समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ३० आइतबार १०:५५:००

दैनिक ६ घन्टा मात्रै सुत्ने व्यक्तिलाई अल्जाइमर रोग लाग्न सक्ने जोखिम

निद्रा सबैलाई प्यारो लाग्छ । अक्सर निद्रा आधा घन्टा वा एक घन्टा पनि तल–माथि भयो भने शरीर आलस्य र थकित हुने गर्छ । यसकारण चिकित्सक तथा मनोवैज्ञानिकहरूले सुत्ने र उठ्ने समय निश्चित हुनुपर्ने सल्लाह दिने गर्छन् । उनीहरूले भन्ने गर्छन्– एक वा दुईपटक कामविशेषले रातको निद्रा तल–माथि भए खासै फरक पर्दैन । तर, यो सधैँ तल–माथि वा अनिद्राजस्तो भए यसले शरीरमा गम्भीर नोक्सानी पु¥याउँछ । 

अब कुरा गरौँ, वास्तवमै अनिद्रा हुने व्यक्तिले कस्तो किसिमको समस्या झेल्नुपर्छ । अनिद्राको सीधा–सीधा सम्बन्ध उच्च रक्तचाप, हृदयाघात तथा स्ट्रोकजस्ता रोगसँग छ । अनिद्रा हुने व्यक्तिले अक्सर डिप्रेसनको सिकार भएको गुनासो गर्छन् । चिकित्सकहरूले नियमित निद्राको समय एक घन्टा पनि फरक परे त्यसले बिहान निकै असर गर्ने बताएका छन् । 

चीनको जर्नल एल्सवियर पब्लिकेसनले निद्रासम्बन्धी गरेको एक अनुसन्धानात्मक प्रतिवेदन हालै प्रकाशित गरेको छ । यो प्रतिवेदनअनुसार अनिद्रा हुने व्यक्ति अक्सर जीवनबाट दिक्क लागेर आत्महत्या गर्नेजस्तो विचार मनमा राख्ने गर्छन् । राति नियमित सात–आठ घन्टा नसुत्ने व्यक्तिमा यस्तो खराब विचार आउने प्रतिवेदनमा उल्लेख छ । यो पब्लिकेसनले ४२ हजार व्यक्तिमाथि अध्ययन गरेको जनाएको छ । 

अध्ययनअनुसार पब्लिकेसनले रिपोर्ट सार्वजनिक गरेको हो । यदि एक व्यक्ति आफ्नो नियमित समयभन्दा एक घन्टा पनि ढिलो सुत्न गए उसलाई भविष्यमा हट एट्याक हुने सम्भावना २४ प्रतिशत बढी हुन्छ । यसैगरी, ओपन हर्ट जर्नलका अनुसार प्रतिदिन निद्राको टाइमिङ फरक हुँदा हृदयाघातको सम्भावना अधिक रहने हुन्छ । 

स्वास्थ्य अनुसन्धानलाई जोड दिने जर्नल जामा पब्लिकेसनको एक अध्ययनअनुसार कुनै व्यक्ति २४ घन्टामध्ये केवल चार घन्टा मात्रै सुत्छ भने त्यस्ता व्यक्ति छिटै बूढो देखिन्छ । अर्थात्, समान्य उमेरभन्दा १० वर्ष बढी जस्तो देखिन सक्छ । ‘अनिद्राकै कारण ४० वर्षको मानिस पनि ५० को वर्षजस्तो देखिन्छ,’ जामाको रिपोर्टमा उल्लेख छ । 

जर्नल स्लिप हेल्थ पब्लिकेसनले कोरोना भाइरसविरुद्धको खोप लिएका व्यक्तिको निद्रा राम्रो हुनुपर्ने जनाएको छ । कोरोनाको खोप लिएका व्यक्तिको निद्रा राम्रो छैन भने उसको शरीरको एन्टिबडी उत्पादन शक्ति ५० प्रतिशत ह्रास आउने जर्नल स्लिपमा उल्लेख छ । यसैगरी, सेन्ट फर ह्युमन स्लिप साइन्सले दैनिक ६ घन्टा मात्र सुत्ने व्यक्तिलाई अल्जाइमर रोग लाग्न सक्ने बताएको छ । यसैगरी, नेसनल लाइब्रेरी अफ मेडिसिनको हालै प्रकाशित भएको रिसर्चअनुसार कम सुत्ने व्यक्तिको इम्युनिटी शक्ति तीन गुणा कम हुने जनाइएको छ ।

एजेन्सीहरूको सहयोगमा