मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २९ शनिबार १८:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २९ शनिबार १८:३७:००

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी बिहीबार बस्ने भएको छ । शनिबार बसेको शीर्ष नेताहरूको बैठकपछि सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएका हुन् । 

आगामी बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले १४औँ महाधिवेशनको पूर्वतयारीका विषयमा निर्णयहरू गर्नेछ । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे साझा प्रस्ताव तयार गरेको र त्यसमाथि थप छलफल गरी महामारीका बीच कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । 

कांग्रेसले यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि तोकेको महाधिवेशनको मिति भदौ १६ देखि १९ सम्मका लागि सार्ने प्रस्ताव शनिबारको शीर्ष नेताहरूको बैठकले गरेको छ ।