Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २९ शनिबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना सरकारको सत्ता जोगाउने रक्षाकवज बन्यो : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २९ शनिबार १८:२२:००

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको महामारीलाई सत्ता जोगाउने रक्षाकवजको रूपमा प्रयोग गरेको बताएका छन् । ‘महामारी फैलिएको छ । जनता संक्रमित छन्, जनता मरिरहेका छन्, आहात भइरहेका छन् । निषेधाज्ञाले खान नपाउने अवस्था सिर्जना भएको छ,’ शनिबार पार्टीका शीर्ष नेताहरूको बैठकपछि डा. महतले भने, ‘सरकारले कोरोनाको यो महामारीलाई सत्ता जोगाउने राम्रो रक्षाकवजको रूपमा प्रयोग गरेको छ ।’

उनले बैठकले नेपाल गरिब राष्ट्र भएकाले सम्पूर्ण कूटनीतिक शक्तिको प्रयोग गरेर यथाशीघ्र सबै नेपालीलाई भ्याक्सिन लगाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको बताए । ‘कोरोना रोकथाम, उपचार र नियन्त्रणमा सरकारको भूमिका कमजोर छ, हामी प्रतिपक्षी हौँ, हामीले पहल गरिरहेका छौँ, तर राज्यले गर्ने सबै काम हामीले गर्न सक्दैनौँ,’ डा. महतले भने, ‘यसको दिगो समाधान भनेको भ्याक्सिन नै हो । तर, सरकार भ्याक्सिन खरिद गरेर सबै जनतालाई दिने कुरामा भन्दा भ्याक्सिन खरिदमा कसरी धेरै कमिसन लिने भन्नेमा अल्झिएको छ । कूटनीतिक रूपमा पनि राम्रोसँग पहल गर्न सकेको छैन । चीन र भारतले अनुदानमा दिएको भ्याक्सिनबाहेक कुनै पनि भ्याक्सिन हामीकहाँ उपलब्ध छैन । हामीले सबै कूटनीतिक शक्तिको प्रयोग गरेर भए पनि भ्याक्सिनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’