मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २९ शनिबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध घरेलु हतियारसहित भारतीय पक्राउ

Read Time : < 1 मिनेट
२०७८ जेठ २९ शनिबार १२:५२:००

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार राज्यको मधुवनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा  खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन– ९ स्वर्णपट्टीबाट पक्राउ गरेको काफ्लेले बताए ।

मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।