१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २९ शनिबार ०७:४३:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोकपका दाबेदार टोली

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २९ शनिबार ०७:४३:००

आजको खेल
वेल्स र स्विट्जरल्यान्ड ६:४५ साँझ
डेनमार्क र फिनल्यान्ड ९:४५ राति
बेल्जियम र रसिया १२:४५ मध्यराति

...              ...

युरोपियन फुटबल प्रतियोगिता (युरोकप) सुरु भइसकेको छ । युरोपको ११ देशका ११ सहरमा एक महिनासम्म चल्ने युरोकप २०२० मा २४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले यसपटक सहभागी टोलीलाई ६ समूहमा विभाजित गरेको छ । प्रत्येक समूहमा चार–चार टोली छन् । ११ जुलाईको दिन १६औँ संस्करणको विजेता छिनोफनो हुनेछ । यद्यपि सहभागी सबै टोली उपाधिका दाबेदार नै मानिन्छन् । 

अक्सर विश्वकप, युरोकप, कोपा अमेरिका, एसिया र अफ्रिकन कप हुँदा फुटबलका विश्लेषकहरूले उपाधि दाबेदार टोलीका रूपमा आफ्नो तर्क राखेका हुन्छन् । यसपटक पनि युरोकपमा सहभागी विभिन्न टोलीलाई उपाधिका प्रमुख दाबेदारका रूपमा उनीहरूले विश्लेषण गरेका छन् ।  

इटाली : विश्वकप उपाधि चारपटक जितेको इटालीले युरोकप एकपटक मात्र हात पारेको छ । इटालीले अन्तिमपटक उपाधि जितेको नै सन् १९६८ मा थियो । इटाली दोस्रो युरोकप उपाधिको प्रतीक्षमा छ । चार वर्षअघि इटाली क्वार्टरफाइनलमा पुगेको थियो । जहाँ इटाली जर्मनीसँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित भयो । पछिल्लो तीन संस्करणमा इटालीको उपस्थिति दरिलो नै छ । इटाली सन् २००० र २०१२ को संस्करणमा उपविजेता बनेको थियो । युरोकप छनोटमा इटालीले समूह चरणका १० मध्ये १० खेल जितेको थियो । छनोट चरणमा इटालीले अर्मेनियालाई ९–१ को फराकिलो अन्तरले हराएको थियो ।  

फ्रान्स : चार वर्षअघि घरमै आयोजना भएको युरोकपमा फ्रान्सलाई उपाधिकै पहिलो दाबेदार मानिएको थियो । फ्रान्सले यहीअनुरूप सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन ग¥यो । तर, फाइनलमा पोर्चुगलसँग अतिरिक्त समयमा १–० ले स्तब्ध हुँदा फ्रान्स निकै नजिकबाट तेस्रोपटक उपाधि उचाल्नबाट विमुख भयो । इटालीले सन् १९८४ र २००२ मा उपाधि हात पारेको थियो । खेलाडी र फर्म हेर्दा फ्रान्स योपटक निकै बलियो छ । युरोपका विभिन्न शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका पाउल पोग्बा, ओलिभर गिरुड, केलियन एम्बाप्पे तथा एन्टिनो ग्रिजम्यानको साथ रहँदा फ्रान्सलाई उपाधि दाबेदारका रूपमा हेरिएको हो । छनोट चरणमा फ्रान्सले १० मध्ये आठ खेल जित्यो । 

स्पेन : युरोकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने स्पेन मात्र हो । सन् २००८ र ०१२ मा लगातार उपाधि जित्दै स्पेनले यो रेकर्ड बनाएको हो । त्यसवेला स्पेनले ‘टिकाटकी’ शैली अपनाएर उपाधि हात पारेको थियो । यो शैली भनेको धेरैभन्दा धेरै बल पोसेसन आफ्नो पक्षमा राखी विपक्षीमाथि हाबी हुनु हो । सन् १९६४ मा पहिलोपटक उपाधि जितेको स्पेन चार वर्षअघिको संस्करणमा प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो । अन्तिम १६ को स्पर्धामा इटालीसँग स्पेन २–० ले पराजित भएको थियो ।  स्पेनले छनोट खेलमा १० मध्ये आठ खेलमा जित र दुई खेलमा बराबरी नतिजा निकाल्यो । 

पोर्चुगल : सन् २०१६ मा पोर्चुगलले युरोकप जित्छ भनी कसैले पनि कल्पना गरेकै थिएनन् । कप्तान क्रिस्टियानो रोनाल्डोको लगभग एकल प्रदर्शनमै पोर्चुगलले फाइनलमा फ्रान्सलाई १–० ले स्तब्ध पार्दै पहिलोपटक युरोकपको उपाधि उचाल्यो । पोर्चुगलमाथि उपाधि रक्षा गर्ने दबाब छ । पोर्चुगलको ध्यान नै स्पेनपछि लगातार दोस्रो दोस्रोपटक उपाधि जित्ने छ । पोर्चुगलले छनोट खेलमा आठ खेलमा पाँच जित, एक हार र दुई बराबरी नजिता निकालेको थियो । योपटक पनि पोर्चुगलको मुख्य आशा नै रोनाल्डो हो । करिअरकै उत्तराद्र्धमा रहेका रोनाल्डो फर्ममै छन् । यसै बुधबार मात्र अभ्यास खेलमा इजरायलविरुद्ध गोल गर्दै एक सय चार अन्तर्राष्ट्रिय गोल संख्या पु¥याए । युरोकपको छनोटमा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए । रोनाल्डोलाई योपटक युवा खेलाडी फेलिक्स तथा ब्रुनोले साथ दिने अपेक्षा छ । 

इंग्ल्यान्ड : सन् २०१८ को विश्वकप सेमिफाइनलिस्ट इंग्ल्यान्ड पनि उपाधि दाबेदार नै मानिन्छ । इंग्ल्यान्डले आफ्नो सबै समूह चरणका खेल घरेलु मैदान विम्बलीमै खेल्नेछ । घरेलु मैदानमा इंग्ल्यान्डलाई सहज पनि हुन सक्छ । प्रशिक्षक साउथ गेटको प्रशिक्षणमा इंग्ल्यान्डले अहिलेसम्म २३ मध्ये केवल दुई खेलमा हारको सामना गरेको छ । इंग्ल्यान्डले छनोट खेलमा आठमध्ये सात खेलमा जित निकालेको थियो । एक खेलमा हारको सामना ग¥यो । युरोकपमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन भनेकै सन् १९६८ मा थियो । यसवेला इंग्ल्यान्डले तेस्रो स्थान हात पारेको थियो । १५औँ संस्करणमा इंग्ल्यान्ड प्रिक्वार्टरफाइनलमा आइसल्यान्डसँग २–१ ले स्तब्ध भयो । यसपटक इंग्ल्यान्डले युवा खेलाडीकै भरमा उपाधि जित्ने लक्ष्य राखेको छ । यस सिजनको इपिएलमा केनले टोटनहयामबाट ३३ गोल गरेका थिए । उनले युरोकप छनोटमा १२ गोल गरेका थिए । 

बेल्जियम : विश्व फुटबलमा बेल्जियम पावर हाउस नै मानिन्छ । बेल्जियमको खेल्ने शैली नै फरक छ । फिफा वरीयताको पहिलो स्थानमा रहेको बेल्जियमले छनोट खेलमा १० मध्ये १० खेलमै जित निकालेको थियो । सन् २०१६ को युरोकपमा बेल्जियम क्वार्टरफाइनलमा वेल्ससँग ३–१ ले पराजित भएको थियो । अनुभवी स्ट्राइकर रोमेलु लुकाकु, केभिन डी ब्रुएन र गोलरक्षक थियोवाउटजस्ता खेलाडीको साथमा बेल्जियमले योपटक अन्य टोलीलाई चुनौती दिने अपेक्षा छ । 

जर्मनी : विश्वकप तथा युरोकप फुटबल प्रतियोगितामा जर्मनीको उपस्थिति सधैँ उत्कृष्ट नै छ । यी दुवै प्रतियोगितामा जर्मनीलाई एक नम्बरकै दावेदार टोलीका रूपमा लिने गरिन्छ । युरोकपमा धेरैपटक छनोट भएको जर्मनी सर्वाधिक तीनपटकको विजेता पनि हो । जर्मनीले सन् १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । युरोकप तीनपटक जित्ने जर्मनी पहिलो देश हो । त्यसपछि मात्र स्पेनले यो उपलब्ध हात पा¥यो । जर्मनी युरोकपकै सर्वाधिक उपविजेता टोली पनि हो । जर्मनी १९७६, १९९२ र २००८ मा उपविजेता बनेको थियो । बुन्डेस लिगा फुटबलकै अघिकांश खेलाडीको बाहुल्यता रहेको जर्मनी युवा टोली हो । यसपटक जर्मनीको लक्ष्य नै चौथोपटक उपाधि उचाल्ने हो ।

(एजेन्सीहरूको सहयोगमा )