१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २८ शुक्रबार १५:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१४औँ महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २८ शुक्रबार १५:४६:००

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र १४औँ महाधिवेशनको तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । 

शनिबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित देउवाको निवासमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले यसअघि तोकेको कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशन एक सातापछि सुरु हुँदै छ । आगामी ७ भदौदेखि तीन दिनसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

संविधानको व्यवस्थाबमोजिम विधान परिवर्तन गरेर महाधिवेशनको मिति तोकिएकाले महाधिवेशन भदौभन्दा पछिलाई सार्न मिल्ने अवस्था छैन । देउवाले पार्टीभित्रैबाट दबाब भएपछि भदौमै महाधिवेशन हुने प्रतिबद्धता जनाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत बिहीबार आफ्नो पक्षको भेला गरेर तत्कालै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको थियो । तर, देउवाले केन्द्रीय समितिको सट्टा शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । 

‘महाधिवेशन गर्नेपर्छ भन्नेमा अब दुई मत रहेन, त्यसैले शनिबारको बैठकबाट एउटा सहमतिको बिन्दुमा पुगेपछि तयारीलाई गति दिनुपर्ने हुन्छ,’ एक नेताले भने, ‘बैठकले साझा धारणा बनाउँछ ।’