मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २८ शुक्रबार १५:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न गण्डकी प्रदेश प्रमुखले दिइन् २४ घन्टाकाे समय

Read Time : > 1 मिनेट
२०७८ जेठ २८ शुक्रबार १५:४६:००

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएसगै नयाँ सरकार गठन प्रकृया सुरु भएको छ । प्रदेश सभामा ठुलो दलको नेताको हैसियतमा २९ बैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव गरेका थिए । विश्वासको मत लिन असफल भएसगै उनी स्वतः पदमुक्त भएका थिए । शुक्रवार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेकी हुन । 

पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २९ जेठ दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाका सदस्हरुलाई आव्हान गरेकी हुन । १६८ (५) अनुसार कसैले बहुमत हासिल गर्न नसके प्रदेश सभा विघटन गरि ६ महिनाभित्र अर्को निर्वाचन हुने कानुनी व्यवस्था रहेको छ ।

कांग्रेस संसदीय दलका नेता पोखरेल नयाँ मुख्यमन्त्री हुने निश्चित            
  नयाँ मुख्यमन्त्रीको लागि आव्हान भएसगै काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नयाँ मुख्यमन्त्री हुने निश्चित जस्तै छ । उनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच मध्ये चार दल र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन । जस्का लागि सांसदहरुको हस्ताक्षर समेत संकलन भइसकेको बताइएको छ ।

६० सदस्य प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । उनीहरुमध्ये कांग्रेस, माओवादी, जनमोर्चाका ३ मध्ये २, जसपाका २ र  १ स्वतन्त्र गरि ३१ सांसदको सर्मथनमा मुख्यमन्त्री बन्न लागेका हुन् ।

भोली दाबी पेश गर्ने

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि एक दिनभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेपछि भोली शनिबार दलहरुले दाबी पेश गर्ने तयारी गरेका छन् ।  कांग्रेस संसदस्य दलका उपनेता मेखलाल श्रेष्ठले मुख्यमन्त्रीको लागि आवश्यक सांसदको हस्ताक्षर  भइसकेको बताए । बल्ल प्रदेश प्रमुखले आव्हान गर्नु भएको छ । अब हामी चार दलले छलफल गर्ने र भोली शनिबार १० बजे निवेदन लिएर जाने जानकारी दिए ।