१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ २८ शुक्रबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञाका कारण  किसानको तरकारी बारीमै कुहियो 

Read Time : < 1 मिनेट
२०७८ जेठ २८ शुक्रबार १५:०२:००

सरकारले निषेधाज्ञा जारी गरेपछि लमजुङको मर्स्याङ्दी गाउँपालिकामा  कृषकले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । ऋण गरेर  लगाएको तरकारीबाली निषेधाज्ञाका कारण बजारसम्म पुर्‍याउन नपाउँदा बारीमै कुहिन थालेको हो ।

मर्स्याङ्दी गाउँपालिकाका किसान अमृत भण्डारीले ३ रोपनी जग्गामा लगाएको ५० क्वीन्टल बन्दा विक्री नहुँदा बारीमै कुहिएको बताए । बारीको तरकारी बजारसम्म लैजान नपाउँदा कुहिएर खेर गएको भण्डारीको भनाई छ । 

उनले भने ‘होटलहरु बन्द हुँदा बन्दा बारीमै कुहिन थाल्यो बेच्न लैजाउ बजारमा किन्ने मान्छे छैनन्’ उनले गुनासो गरे ।  निषेधाज्ञामा दुई लाख क्षति भएको उनको भनाइ छ ।  यस्तै मर्स्याङ्दी गाउँपालिका ५ घेर्मुका खड्ग जंग गुरुङले पनि निषेधाज्ञाका कारण तरकारी बेच्न नपाएको गुनासो गरे । उनले भने ‘६ क्विन्टल बन्दा विक्री नहुँदा बारीमै कुिहएको छ ।’

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । ऋण लिएर तरकारी खेती गरिरहेका कृषकहरूले आफूले उब्जाएको तरकारी बजारसम्म पुर्‍याउन नपाउँदा धेरै नोक्सानी व्यहोरेका छन् ।

कृषकहरू आफुले उत्पादन गरेको तरकारी बेच्न नपाउँदा ठूलो क्षति व्यहोर्न बाध्य छन् । स्थानीय प्रशासनले बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न र तरकारी बेच्न पाइने भनेको छ । मर्स्याङ्दी बहुउदेशीय कृषि सहकारीका अध्यक्ष विरेन्द्र बहादुर भण्डारीले होटल व्यवसाय सञ्चलान नहुँदा बन्दा विक्री नभएको बताए ।