मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २८ शुक्रबार १०:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फाइनान्स र जलविद्युत् कम्पनीमा लगानीकर्ताको बढ्दो आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २८ शुक्रबार १०:१६:००

नेप्सेमा झिनो अंकको करेक्सन कायमै

नेप्सेमा झिनो अंकको सामान्य करेक्सन भएको छ । नेप्सेले उच्च बिन्दुु पार गर्दै अघि बढेको सेयर बजारमा लगातार दुुई दिन करेक्सन हुन पुगेको हो । नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेर २ हजार ९ सय ४४ दशमलव ७८ बिन्दुमा पुगेको छ । अघिल्लो दिन बुधबार नेप्से ३ हजारबाट घटेर निरन्तर ओरालो लागेको हो । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५९ अंकले बढेर ५ सय २७ बिन्दुमा पुुगेको छ ।

कारोबार रकम पनि सकारात्मक नै रहेको र फाइनान्स, विकास बैंकहरूमा सप्लाई पनि हुँदा सेयर मूल्य बढेको हुन सक्ने लगानकर्ता बताउँछन् । फाइनान्स कम्पनीको छोटो समयमा पनि अधिक नाफा आर्जन गर्नका लागि यी कम्पनीका सेयर किन्नेहरूको संख्यामा वृद्धि भएको प्रभाव हुन सक्ने लगानीकर्ताको दाबी छ ।

बिहीबार कारोबारमा आएका १३ समूहमध्ये ७ समूहका सूचक नकारात्मक रहेका छन् भने ६ समूहका सूचकमा हरियाली छाएको छ । जीवन बिमा, वाणिज्य बैंक, निर्जीवन बिमा समूहको सेयर मूल्य १ प्रतिशतले घटेको छ भने फाइनान्स, विकास बैंक समूहमा भने लगानीकर्ताको आकर्षण बढेको छ । यी कम्पनीको सेयर ३ प्रतिशतले बढेको छ ।

जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । पाँचथर कम्पनी, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, एनगढी पावर कम्पनी, माउन्टेन इनर्जीकोे १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । यस दिन मूल्यका हिसाबले माउन्टेन इनर्जी नेपालको सबैभन्दा बढी ७८ रुपैयाँले मूल्य बढेर ८ सय ६४ रुपैयाँ पुगेको छ । गोर्खा फाइनान्स ४ प्रतिशतले घटेको छ भने हिमालयन जनरल इस्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरन्स, सुुमित लघुवित्त वित्तीय संस्थाको ३ प्रतिशतले घट्दा लगानीकर्ता निराश बनेका छन् । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २० कम्पनीको ३ करोड ६ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १६ अर्ब १० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा जलविद्युत् विकास कम्पनीको १ अर्ब रुपैयाँको कारोबार भएको छ । उक्त कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन भएका कारणले सर्वाधिक कारोबार भएको हो । त्यस्तै, नेपाल इस्योरेन्स कम्पनीको ५७ करोड ५० लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ४५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।