मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २७ बिहीबार १२:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वाेच्चको फैसलालाई स्वीकार गरेर एकताको बाटोमा आउन सकिन्छ : गोकर्ण विष्ट (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २७ बिहीबार १२:०४:००

नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताएका छन् । 

पार्टीभित्रको आन्तरिक किचलो विभिन्न बहानामा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताका लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पारे ।  

संचारकर्मीसँग कुरा गर्दै नेता विष्टले दुवै पक्षका नेताहरूले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सहसी भन्ने अडान त्याग्नुपर्ने बताए । संवादको क्रममा नेता विष्टले प्रतिनिधिसभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठ्यारो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरूलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ यसैलाई मानेर अगाडि बढ्ने एकताको बाटोमा आउन सकिने उपाय हुने बताए ।

पार्टीभित्र देखिएको व्यक्ति–व्यक्तिबीचको टसल र अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिस्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गरे ।

पार्टीको आन्तरिक किचलोमा पार्टीभित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिहरूले खेलिरहेको स्वीकार गरे । बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्न र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।