१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २६ बुधबार २०:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसले पायो तीन मन्त्रालय 

Read Time : < 1 मिनेट
२०७८ जेठ २६ बुधबार २०:२६:००

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार साँझ कांग्रेसका तीन सांसदलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

त्यसअघि उनले दलहरूबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका थिए । बुधबार नै मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरेका थिए । तर, मन्त्रालयका विषयमा कुरा नमिल्दा बुधबार माओवादी सरकारमा गएन ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले बुधबार नै प्रदेश प्रमुख राजेश झासमक्ष पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीहरूमध्ये यादव धनुषा क्षेत्र नम्बर ३ को ‘क’बाट, सिंह सर्लाही क्षेत्र नम्बर ४ को ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने पर्साका शर्मा समानुपातिक सांसद भएका हुन् । 

बुधबार दिउँसो जसपाको उपेन्द्र यादव पक्ष र कांग्रेसबीच सरकारमा सहभागिताको विषयमा दुईबुँदे सहमति भएको थियो । सोही सहमतिपछि राउतले बुधबारै मन्त्रालयको संख्या बढाएर १० पु¥याएका थिए ।