१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०९:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साझा अभियानबाट एमालेको एकता बचाउन जरुरी : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०९:२९:००

'कसले, किन र केका लागि गर्दैछ यो सब ?'

एमाले नेता योगेश भट्टराईले साझा अभियानबाट नेकपा एमालेको एकता बचाउन जरुरी  रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने कुरा पार्टी एकताको मुख्य समस्या भएको बताएका छन् । 

योसँगै उनले झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने जस्ता गतिबिधि नै एमाले एकताको समस्याको मुल जड भएको उनले औल्याएका छन् ।

कसले, किन  र केकालागि गर्दैछ यो सब भन्दै उनले प्रश्न गरेका छन् । 

एमाले एकताको समस्याको मुल जड यहिं छ भन्दै उनले  यस बिषयमा शीर्ष नेताबीच गम्भिर छलफल हुनुपर्नेमा जोड दिएका छन् । साझा निष्कर्षका साथ साझा अभियान मार्फत पार्टी एकता बचाउन जरुरी रहेको उनले स्पष्ट पारेका छन् ।