मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २५ मंगलबार १४:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोपको व्यवस्थापनका लागि सरकार प्रयत्नरत छ : स्वास्थ्यमन्त्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७८ जेठ २५ मंगलबार १४:१८:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् । मंगलबार बागमती प्रदेश स्काउटअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सरकारले प्रयास गरिरहेको बताए ।

खोप ल्याउने क्रम जारी रहेको भन्दै उनले उमेर समूहअनुसार क्रमशः खोप दिँदै जाने बताए ।  दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरूको हकमा पनि छिट्टै खोप ल्याएर दिइने बताए । उनले भने– ‘हामी खोप छिट्टै ल्याउँदै छौँ । खोपहरू आउनेछन् । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाका लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु । खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरूका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आमनागरिकलाई खोप लगाउनका लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’

बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरूमा स्थानीय स्काउट कार्यक्रमअन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ । कोभिड – १९ कोरोना भाइरसबाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सूचना तथा जानकारी बजाउँदै टोल–टोलमा मोटरसाइकलमार्फत सूचना जानकारी दिने अभियानका संयोजक सुदर्शन बजगाइँले जानकारी दिए ।