१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ २४ सोमबार २०:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा मंगलबारबाट ६२ देखि ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोप लगाइने

Read Time : < 1 मिनेट
२०७८ जेठ २४ सोमबार २०:०२:००

मुगुमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा मंगलबारबाट ६२ देखि ६४ वर्ष समूहका नागरिकलाई लगाइने भएको छ । जिल्लाका एक सय ६ खोप केद्रबाट एक साथ भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ । 

सोमबार स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरूसँगको अन्तक्र्रिया कार्यक्रममा चीनबाट आएको भेरोसेल खोपको पहिलो मात्रा मंगलबारदेखि जिल्लाका चारवटा स्थानीय तहमा रहेका सबै खोप केन्द्रमा सञ्चालन गरिने जनाएको छ ।

यसपटक जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो खोप लगाइने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कोभिड– १९ खोप संयोजक दीपबहादुर रावलले जानकारी गराए । 
खोप लगाउन आउँदा परिचय खुल्ने कागजात ल्याउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । 
जिल्लामा चारवटा पालिकामध्ये छायाँनाथ रारा नगरपालिकामा ३१, खत्याड गाउँपालिकामा ३४, सोरु गाउँपालिकामा २४ र मुगम कार्मारोङ गाउँपालिकामा १९ खोप केन्द्र तोकिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन भने पनि दोस्रो मात्राका लागि छुट्याएर ६२, ६३ र ६४ वर्षकालाई खोप लगाउन लागेको रावलले बताए । उनले ढुक्क भएर खोप लगाउन आग्रहसमेत गरेका छन् ।