१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ जेठ २४ सोमबार ०९:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्घटनामा मान्छे मारेर फरार प्रदेश सांसदका छोरा चार दिनपछि पक्राउ        

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ जेठ २४ सोमबार ०९:१०:००

लकडाउन समयमा साँझ तीव्र गतिमा कुदाएको कारले ठक्कर दिँदा एकजना युवाको मृत्यु भएपछि फरार भएका प्रदेश सांसदका छोरालाई प्रहरीले चार दिनपछि पक्राउ गरेको छ ।  विराटनगर– ५ बरगाछी घर भएका प्रदेश सांसद बिन्दिया कार्कीका २४ वर्षीय छोरा रोबिन भनिने रबिन कार्कीलाई मोरङ प्रहरीले घटना भएको चारदिनपछि आइतबार पक्राउ गरेको हो । 

फरार कार्कीलाई विराटनगर– २ भट्टाचौकबाट आइतबार पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । प्रहरीले आरोपी कार्कीलाई सवारी ज्यान कसुरमा अदालतमा म्याद थप गराएर अनुसन्धान थालेको जनाएको छ । 

२० जेठ साँझ साढे सात बजे विराटनगर– ४ कञ्चनबारीस्थित एयरपोर्ट मार्गमा  आमा प्रदेश सांसद बिन्दिया कार्कीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि युवा समूहलाई दिएको प्रदेश ३ –०१–००२ च २१३९ नम्बरको कार छोरा रबिनले तीव्र गतिमा कुदाउने क्रममा उद्योगमा काम गरेर पैदलयात्रा घर फर्कँदै गरेका मजदुरहरूलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक बिहार राज्यको कटिहारनिवासी  मुकेश शर्मा (दास) को मृत्यु भएको थियो ।

सँगै रहेका  मजदुर  मोरङ कटहरीका गाउँपालिका– २ का  २२ वर्षीय राजकुमार राजवंशी घाइते  भएका थिए । घटनापछि विनासवारी अनुमतिपत्र कार कुदाउने चालक रबिन कार्की बहाना बनाएर साथीहरूसँगै फरार भएका थिए । कोरोना संक्रमितहरूको शव व्यावस्थान समूहका सदस्य रहेका रविनले दुर्घटना हुनुअघि मुनालपथमा रहेको एक होटेलमा बसेर साथीहरूसँग मापसे गरेका थिए ।  

पक्राउ परेपछि मात्र घटनाको प्रारम्भिक सूचना सार्वजनिक 
घटनापछि प्रहरीले अनुसन्धानको बहानामा प्रारम्भिक सूचना पनि सार्वजनिक गरेको थिएन । कारले मान्छे मार्ने पहुँचवाला सांसदको छोरालाई बचाउन प्रहरी लागिपरेको भन्दै मोरङ प्रहरीको चौतर्फी आलोचना पनि हुन थालेको थियो । केहीले प्रदेश १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीसहित उच्च नेता र मन्त्रीहरूले घटना ढाकछोप गराउन सघाएको आरोप पनि लगाउन थालेका थिए । तर, प्रहरीले दुर्घटना भएको चार दिनपछि २३ जेठ अपराह्न फरार रविन कार्की पक्राउ परेको र उनलाई सवारी ज्यान कसुरमा अदालतमा भ्याद थप गराएको प्रारम्भिक सूचना सार्वजनिक गरेको छ । घटनामा संलग्न अन्य कारणहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

याे पनि
प्रदेश सांसदका छोराको कार दुर्घटना रहस्यमय