१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २३ आइतबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न आयोगको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २३ आइतबार १९:०४:००

राष्ट्रिय मानव अधिकार आयोगले सुर्खेतमा राउटे समुदायकी युवतीमाथि दुर्व्यवहार गर्नेलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन राष्ट्रिय मानव  अधिकार आयोगले अनुरोध गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ का युवाहरूले स्थानीय राउटे समुदायका युवतीहरूलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । 

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेकोसमेत जनाएको छ । स्थानीय तीनजना युवाले राउटे समुदायका दुईजना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटेलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरूको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको आयोगको भनाइ छ । 

प्रलोभनमा पारी यौन हिंसामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले चार महिना नजरबन्दजस्तै गरी बन्दी बनाइएको जानकारीसमेत प्राप्त भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरूको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले सरकारसँग आग्रह गरेको छ ।