मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ जेठ २३ आइतबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली मन्त्रिपरिषद् विस्तार : कांग्रेसका दुई मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ जेठ २३ आइतबार १५:२३:००

कर्णाली प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई आइतबार शपथ गराएका हुन् । 

सत्ता–साझेदार कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुन दुई नेताको नाम सिफारिस गरेको थियो । दुई मन्त्री थपिएसँगै कर्णाली प्रदेश सरकारमा आठ मन्त्री भएका छन् ।