मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २२ शनिबार २०:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनाल भन्छन्– महतोको अभिव्यक्ति राष्ट्रघाती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २२ शनिबार २०:५७:००

पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले शपथ लिएको केही घन्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्तिले आश्चर्यचकित पारेको बताएका छन् । 

खनालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन् ‘कामचलाउ सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले शपथ लिएको केही घन्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति सुन्दा मलाई आश्चर्यचकित पारेको छ । यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैरजिम्मेवार अराजक, विखण्डनकारी र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छ ।’