१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २२ शनिबार ११:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुरे दोहनले वातावरणीय चक्र खलबल्याउँछ, निर्णय फिर्ता लेऊ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २२ शनिबार ११:४५:००

कांग्रेस सभापति शेरबहादुर देउवाले वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुने भन्दै चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका छन् । विश्व वातावरण दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत देउवाले वातावरण बचाउन हरेक व्यक्तिले पहल गर्नुपर्ने बताएका हुन् । 

सभापति देउवाले सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउँन लागेको आरोप लगाएका छन् । 

‘पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ । हाम्रो वातावरण बचाउँन हरेकले पहल गरौँ,’ देउवाले भनेका छन्, ‘तर सरकार हाम्रो चुरेको गिट्टी, वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउँदै छ। यस्ता निर्णय फिर्ता लेऊ।’