मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
२०७८ जेठ २१ शुक्रबार १९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डायलाइसिस गराउन श्रीमतीलाई बोकेर सात घन्टा ओहोर–दोहोर गर्छन् ६० वर्षीय वृद्ध

Read Time : < 1 मिनेट
२०७८ जेठ २१ शुक्रबार १९:३२:००

तनहुँको रिसिङ गाउँपालिका– १ कोइदिमका तिलबहादुर थापा बिहीबार दमौली अस्पतालको गेटमा ६० वर्षीया श्रीमती मीनमायालाई बोकेर हिँड्दै गरेको भेटिए । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि मीनमायाको जीवन साढे दुई वर्षदेखि डायलाइसिसको भरमा छ । डायलाइसिस सकेपछि उनी श्रीमतीलाई बोकेर घर फर्कँदै थिए । चार घन्टा लगाएर अस्पताल आइपुगेका उनले फर्कन तीन घन्टा लाग्ने बताए । हरेक सोमबार र बिहीबार उनी यसैगरी श्रीमतीलाई बोकेर सात घन्टाको यात्रा गर्छन् । 

‘एक महिनाअघिसम्म जतिखेर पनि सवारीसाधन पाइन्थ्यो । परिस्थिति सहज थियो । यतिवेला कोरोनाको महामारी फैलिएर सबै क्षेत्र बन्द हुन पुग्यो,’ उनले भने, ‘हामी गरिबसँग घोडागाडी हुने कुरा भएन । अरूका सवारीसाधन पनि चलेका छैनन् । स्वास्थ्य कमजोर भएकाले श्रीमती राम्ररी हिँड्न पनि सक्दिनन् । त्यसैले यसरी बोकेरै ल्याउने–लैजाने गरिरहेको छु ।’

परम्परागत कृषिमा आधारित थापा परिवारको अन्य आम्दानी केही छैन । त्यसैले आर्थिक अवस्था बलियो छैन । त्यसमाथि सातामा दुई दिन अस्पताल धाउनुपर्ने भएकाले उनीहरूको जीवन नै कठिन बनेको छ । उनीहरूले डायलाइसिस गर्दै आएको शत्रुघ्न मञ्जु डायलाइसिस युनिटले मीनमायालाई निःशुल्क डायलाइसिस गराउँदै आएको छ । निकै पुरानो बिरामी भएकाले आफूहरूलाई निःशुल्क सेवा दिएको तिलबहादुरले बताए । तिलबहादुरले श्रीमतीलाई ९ मंसिर ०७६ देखि दमौलीमा डायलाइसिस गराउँदै आएका छन् ।

बन्दीपुर गाउँपालिका– ५ कलचोकका लीलाबहादुर मगरको पनि अवस्था उस्तै छ । दमौली अस्पतालमा भेटिएका उनले गाउँकै एक छिमेकीका छोरालाई पेट्रोल हाल्ने पैसा दिएर मोटरसाइकलमा आएको बताए । दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मञ्जु डायलाइसिस युनिटमा सेवा लिन तनहुँसहित गोर्खा, लमजुङ, स्याङ्जाबाट बिरामी आउने गर्छन् ।