मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ २१ शुक्रबार १७:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपा सरकारमा सहभागी , आजै शपथ

Read Time : < 1 मिनेट
२०७८ जेठ २१ शुक्रबार १७:१३:००

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तार गर्दैछन् । आज साँझ जनता समाजबादी पार्टीका नेताहरुलाई उनले सरकारमा सहभागी गराउने भएका हुन् ।

जसपाबाट उपप्रधानमन्त्रीसहित आठजना मन्त्री र दुईजना राज्यमन्त्रीसहित १० जनालाई साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने तय भएको छ । महिला तथा समाजकल्याण मन्त्रीका रुपमा शपथग्रहण गर्न जान लागेकी जसपा नेतृ चन्दा चौधरीले मन्त्रीपरिषद् बिस्तार हुन लागेको जानकारी दिँदै आफूलाई शपथग्रहणका लागि बोलाइएको बताइन् । 

जसपा नेता डा. सुरेन्द्रकुमार झाका अनुसार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच आज बालुवाटारमा भएको वार्तामा सरकारमा जाने सहमति भएको बताए । उनका अनुसार उपप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता राजेन्द्र महतो शहरी विकास मन्त्री हुँदैछन् । 

यी हुन् नयाँ मन्त्रीहरु
राजेन्द्र महतो -उपप्रधानमंत्री तथा सहरी विकास मन्त्रालय
शरद सिंह भण्डारी- ऊर्जा तथा जसस्रोत मन्त्रालय
अनिल झा- खानेपानी तथा सरसफाई मन्त्रालय
लक्ष्मणलाल कर्ण-भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
बिमल श्रीवास्तव - श्रम तथा रोजगार मन्त्रालय
उमाशंकर अरगरिया- वन तथा वातावरण मन्त्रालय
चन्दा चौधरी- महिला तथा बालबालिका मन्त्रालय
एकबाल मियां- युवा तथा खेलकूद मन्त्रालय
चन्द्रकान्त चौधरी -(राज्यमन्त्री, ऊर्जा)
रेणुका गुरुङ (राज्यमन्त्री, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय