१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रालयको विषयमा कुरा नमिलेपछि ओली र जसपाबीच वार्ता भाँडिने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:१२:oo

सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको बालुवाटार स्रोतले बतायो।

ठाकुर र महतोले माओवादी केन्द्रका मन्त्रीहरूले छोडेका मन्त्रालयमा दाबी गरिरहेका छन् भने ओलीले ठूला मन्त्रालय दिन नसकिने बताएको स्रोतको दाबी छ। यद्यपि, छलफल जारी छ । 

आजै साँझ वा भोलिसम्म जसपा सरकारमा सहभागी हुने गरी वार्ता चलिरहेको छ । जसपाबाट राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण,  सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी, एकवाल मियाँ र प्रमोद साहलगायत नेतामध्ये आठ मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी हुँदै छन्।

ad
ad