मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ जेठ २१ शुक्रबार १५:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको अधिवेशन जेठ २४ गते आह्वान : ३० अर्बको बजेट ल्याउने तयारी

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ जेठ २१ शुक्रबार १५:१०:००

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ २४ आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ २४ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आह्वान गरेका हुन् ।

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन ०७८ साल जेठ २४ गते दिउँसो २:०० आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए । ‘नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठकको आह्वान गर्नुभएको हो ।’ उनले भने, ‘सरकारको सिफारिसको बैठकको आह्वान प्रदेश प्रमुखले गर्नुभएको छ ।’

बिहीबार सभामुख राजबहादुर शाहीको आह्वानमा सर्वदलीय बैठकले प्रदेश सभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेकाे थियाे । त्यही आधारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्षे अधिवेशनको आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । 

सरकारले नयाँ आर्थिक वर्षका लागि झन्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।