मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २१ शुक्रबार ०८:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा २९ अंकको वृद्धि,  कारोबार रकम १७ अर्बमाथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २१ शुक्रबार ०८:१४:००

नयाँ रेकर्ड बनाउँदा फाइनान्स, वाणिज्य बैंक र विकास बैंकमा झुम्मिए लगानीकर्ता

नेप्से परिसूचक २९ दशमलव ६४ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ बिन्दुमा पुुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेर बन्द भएको हो । यसअघि २ हजार ८ सय २७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।

दुई दिनको करेक्सनपछि बुधबारबाट नेप्से पुन: लयमा फर्किएको थियो । लयमा फर्किएको सेयर बजारमा लगानीकर्ताले उत्साहका साथ आफ्नो लगानी बढाएका छन् । बिहीबार ‘क’ वर्गको कम्पनीमापक सेन्सेन्टिभ इन्डेक्स ७ दशमलव ९६ अंकले बढेर ५ सय ११ बिन्दुमा पुगेको छ ।

बिहीबार कारोबारमा आएका १३ समूहको सूचकमध्ये ९ समूहको सूचक सकारात्मक रहेको छ भने ४ समूहको सूचक नकारात्मक हुन पुगेको छ । होटेल तथा पर्यटन समूह, विकास बैंक, फाइनान्स कम्पनी र वणिज्य बैंकको सूचकमा हरियाली छाएको छ । यी समूहको ३ प्रतिशतले बढेको छ भने हाइड्रोपावर कम्पनी, निर्जीवन बिमा कम्पनीका लगानीकर्तामा भने निराशा छाएको छ ।

सबैभन्दा धेरै बढ्ने कम्पनीमा मञ्जुुश्री फाइनान्स, महिला लघुवित्त वित्तीय संस्था, गुराँस फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंकको १० प्रतिशतले सर्किट लेभलमा कारोबार भएकाले यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सबैभन्दा धेरै घट्ने कम्पनीमा पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, राधी विद्युत् कम्पनी, वरुण हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले घटेकाले लगानीकर्ता निराश बनेका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १८ कम्पनीको ३ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । कारोबारको हिसाबले सबैभन्दा अगाडि नेपाल रि–इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सो दिन १ अर्ब २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा छिमेक लघुवित्त वित्तीय संस्थाको ६८ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।