मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २० बिहीबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई दिनमा दुर्घटनाबाट तीनको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ जेठ २० बिहीबार १५:०७:००

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र दुई दिनमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ र हेटौँडा– ११ मा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको हो ।

बुधबार साँझ हेटौँडा– १५ रातमाटेमा दुईवटा ट्रक एक–आपसमा ठोक्किँदा दुई र आज बिहीबार बिहान हेटौँडा– ११, नवलपुरमा ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एकजनाको ज्यान गएको हो । वीरगन्जबाट हेटौँडा आउँदै गरेको ना.५ ख ५९६३ नम्बरको ट्रक र सोही दिशाबाट आउँदै गरेको ना.५ख १८६४ नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी जनाएको छ । 

मृत्यु हुनेमा ना.५ख ५९६३ नम्बरको ट्रकचालक जलेश्वर– ४ का  २८ वर्षीय सुगा भवानी र सहचालक २१ वर्षीय अभय साह रहेका छन् । दुर्घटनामा ना.५ख १८६४ नम्बरको ट्रक सहचालक बारा कोल्हवी– १० का ५० वर्षीय ध्रुव चौधरी र सहचालक रौतहट गजुरा– ८ का २० वर्षीय विकेश चौधरी र अर्का ट्रकचालक घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।

यसैगरी हेटौँडा– ११ नवलपुरमा ट्रकसँग  एम्बुलेन्स ठक्कर खाँदा भएको दुर्घटनामा एम्बुलेन्समा सवार एकजनाको ज्यान गएको छ ।  भरतपुरबाट बिरामी बोकेर सर्लाही जाँदै गरेको प्रदेश १–००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना.६ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाही बागमती– ४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । डिएसपी रिमालका अनुसार दुर्घटनामा चालकसहित तीनजना घाइते भएको र उनीहरूको हेटौँडामा उपचार भइरहेको छ ।