१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २० बिहीबार १२:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वित्तीय संस्था कर्मचारी संघद्वारा आन्दोलनकाे चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २० बिहीबार १२:४८:००

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ । 

सामाजिक सुरक्षा कोषले एक सूचना जारी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनका लागि निजी तथा संगठित संस्थाहरूलाई आग्रह गरेको थियो । तर, सरकारको नीति नियमअनुरूप व्यावसायिक, पारदर्शी र अनुशासित रूपमा सञ्चालित बैंक, बिमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरूलाई उनीहरूको खाइपाई आएका सेवासुविधाहरू कटौती हुने गरी जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई आकर्षक हुने गरी योजना नल्याई षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरूलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लान खोजिएकोले आफूहरू विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए । 

कोभिड महामारीको कारणले बैंक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो वेला कोषमा सूचीकृत हुन नसकिने संघले जनाएको छ । विद्यमान व्यवस्थाहरू परिमार्जन गर्नुपर्ने संघको ठम्याइ रहेको अध्यक्ष रेग्मीले  बताए ।  सामाजिक सुरक्षा कोषमा जबर्जस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताए । 

बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यहरूलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।