Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०८:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग

झिमिक्कै परेलीमा केकी र आर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०८:५९:००

गायक आर्जन पाण्डेले मेलिना राईसँग गाएको झिमिक्कै परेली बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक आर्जन स्वयंलाई प्रस्तुत गरिएको छ ।

प्रतीक पौडेलको संगीत रहेको गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् भने कोरियोग्राफी रोहिया महर्जनले गरेका छन्। 

आफ्नो गीत र भिडियोले क्रमशः दर्शकको मन जितिरहेको आर्जन बताउँछन् । यसअघि उनले ल्याएको रेलिमाई बोलको गीत चर्चित भएको थियो । त्यसकारण यो गीतलाई रेलिमाई–२ समेत भनिएको छ ।