१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १९ बुधबार ११:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गर्‍यो : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १९ बुधबार ११:२५:००

नेपाली कांग्रेसका नेता गगन थापाले संसद् नभएको वेला असंवैधानिक सरकारले अवैधानिक तबरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने यहीबाट प्रस्ट भएको बताए । यस्तो  कार्य नीतिगत भ्रष्टाचार भएको भन्दै उनले  आफ्नाहरूलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुराको छर्लंग भएको उल्लेख गरे । 

चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमीकरण गर्न उद्यत् यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको भन्दै उनले यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने दाबी गरे । 

अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिकको खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले प्रतिरोध गर्ने भन्दै थापाले आमजनता, सञ्चारजगत्, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गरे ।