१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ १९ बुधबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङका चार स्थानीय तहलाई  ६१ करोड बजेट : सबैभन्दा धेरै नासो गाउँपालिकालाई 

Read Time : < 1 मिनेट
२०७८ जेठ १९ बुधबार १०:५१:००

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई ६१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।  मनाङका स्थानीय तहका लागि कुल ६१ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको हो । 

सदरमुकामसमेत रहेको चामे गाउँपालिकाका लागि १५ करोड ८८ लाख बजेट विनियोजन भएको छ । चामे गाउँपालिकालाई समानीकरण अनुदानतर्फ ६ करोड ९८ लाख, ससर्त अनुदानतर्फ ६ करोड ८२ लाख, विशेष अनुदानतर्फ दुई करोड आठ लाख रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले बताए । 

त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिकालाई १५ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये ६ करोड ९८ लाख रुपैयाँ समानीकरण, आठ करोड ७० लाख रुपैयाँ ससर्त अनुदानतर्फ रहेको छ । 

जिल्लाको विकटमा रहेको नार्पाभूमि गाउँपालिकाको लागि १२ करोड ५१ लाख विनियोजन भएको छ । गाउँपालिकाले पाउने बजेटमध्ये समानीकरणतर्फ ६ करोड ८४ लाख, ससर्त अनुदानतर्फ तीन करोड ८८ लाख, विशेष अनुदानमा एक करोड ३३ लाख र समपूरकतर्फ ४६ लाख बजेट विनियोजन भएको छ । 

मनाङका चार स्थानीय तहमध्ये मनाङको नासो गाउँपालिकाले सबैभन्दा धेरै १७ करोड २७ लाख बजेट पाउने भएको छ । गाउँपालिकाको समानीकरण अनुदानतर्फ ६ करोड ९९ लाख, ससर्त अनुदानतर्फ १० करोड २८ लाख रुपैयाँ रहेको छ । जिल्लाका चार स्थानीय तहमध्ये चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकाले विशेष अनुदान पाउने भएका छन् ।