Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १८ मंगलबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेठ २५ बाट राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १८ मंगलबार ०६:२०:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि ‘८.५ प्रतिशत आरबिबिएल डिबेन्चर, २०८३’ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । 

यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने भएको छ । 

यसका लागि ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा बिक्री–वितरण गरिने जनाइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिने जनाइएको छ । 
छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाका रूपमा रहेको संकेत गर्ने केयर–एनपी एप्लस (आइएस) रेटिङ प्रदान गरेको बैंकले जनाएको छ ।