१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ १७ सोमबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एचआइभी संक्रमितलाई घरमै औषधि

Read Time : < 1 मिनेट
२०७८ जेठ १७ सोमबार १०:५४:००

जिल्लाका एचआइभी संक्रमित बिरामीले यसअघि सदरमुकाम बेंसीसहरबाट लिँदै आएको औषधि अहिले घरघरै पुग्ने गरेको छ । लमजुङमा एआरटी सेवा लिँदै आएका नागरिकलाई जिल्ला अस्पताल लमजुङ, सामुदायिक हेरचाह केन्द्र लमजुङ, स्वास्थ्य कार्यालय लमजुङको सहकार्यमा घरघरमै औषधि पुर्‍याइएको हो ।

जिल्ला अस्पताल लमजुङका एचआइभी/एड्स परामर्शदाता गणेश गुरुङका अनुसार जिल्लामा एक सय १५ जना एचआइभी संक्रमितले औषधि सेवन गरिरहेका छन् । गुरुङका अनुसार औषधि अभाव भएका बिरामीले फोन गरेमा विभिन्न माध्यमबाट औषधि घरमा पुर्‍याउने गरिएको छ । निषेधाज्ञको समयमा ३५ जनाभन्दा बढीलाई औषधि उपलब्ध गराएको गुरुङको भनाइ छ । औषधि आवश्यक पर्ने बिरामीले फोन गरेपछि स्थानीय तहको एम्बुलेन्स, स्वास्थ्यकर्मीमार्फत बिरामीको घरमा औषधि पुर्‍याउने व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीका अनुसार यो समयमा सदरमुकामसम्म औषधि लिन आउन समस्या भएपछि घरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको बताए । दवाडीले भने, ‘जिल्लामा निषेधाज्ञका कारण अस्पताल आउन नपाएका तथा औषधि अभाव भएका बिरामीलाई घरमै पुराउने व्यवस्था गरिएको हो ।’ जिल्लामा एक सय १६ जना एचआइभी संक्रमित रहेका छन् ।