१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १७ सोमबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा मागभन्दा बढी आवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १७ सोमबार ०६:३३:००

एनएमबि बैंकले जारी गरेको ऊर्जा ऋणपत्रमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ । नेपालमै पहिलोपटक जारी गरिएको ऊर्जा ऋणपत्र बिक्री खुला गरिएको पहिलो ४ कार्य दिनभित्रै अत्यधिक आवेदन परेपछि बिक्री बन्द गरिएको हो ।

एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे । यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीका लागि उपयोग गरिने बैंकले जनाएको छ ।