१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
स्टेफेन वुरान्यी
२०७८ जेठ १७ सोमबार ०७:२४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड उदगमसम्बन्धी बहस फेरि किन तात्यो ?

कोरोना भाइरसको उत्पत्तिलाई लिएर पश्चिमी वैज्ञानिक समुदाय तथा आमसर्वसाधारण विभाजित देखिएका छन्

Read Time : > 2 मिनेट
स्टेफेन वुरान्यी
२०७८ जेठ १७ सोमबार ०७:२४:००

जो बाइडेन कोरोना भाइरस महामारी प्रयोगशालाबाट उत्पत्ति भएको हो कि होइन भन्नेबारे स्पष्ट हुन चाहन्छन् । बिहीबार उनले अमेरिकी गुप्तचर एजेन्सीलाई भाइरस पहिलोपटक मानिसमा कहिले र कसरी स¥यो भन्ने पत्ता लगाउन थप मिहिनेत गर्न निर्देशन दिए । एक वर्षअघि यस्तो विचार राख्ने जोकोहीलाई मूर्ख वा षड्यन्त्रवादी सिद्धान्तकारको आरोप लाग्ने गथ्र्यो । तर, अहिले आएर बिस्तारै मिडियादेखि प्रभावशाली वैज्ञानिक र सरकारी अधिकारी (जस्तो– अमेरिकाका प्रमुख चिकित्सकीय सल्लाहकार एन्थोनी फाउची) ले भाइरस प्रगोगशालामा उत्पत्ति भएको भन्नेबारे बोल्न सुरु गरेका छन् । तिनका विचारमा भाइरस चीनको प्रयोगशालाबाट लिक भएको हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

महामारीका सुरुवाती दिनमा लगभग सबै वैज्ञानिक र मिडियाले महामारी प्राकृतिक रूपमा उत्पत्ति भएको स्विकार्थे । यसअनुसार चमेरालाई संक्रमित गर्ने कोरोना भाइरसको एक प्रजातिमा सामान्य उद्विकास भएपछि त्यसले मानिसलाई पनि संक्रमित गर्ने क्षमता हासिल ग¥यो । विगतमा सार्स र मर्स भाइरस पनि यसरी नै सुरु भएको थियो । साथमा चिनियाँ वैज्ञानिकले महामारीका प्रारम्भिक दिनमा अन्य देशलाई अध्ययनका लागि दिएको कोरोना भाइरल जिनोममा कुनै स्पष्ट छेडखानीको संकेत भेटिएको थिएन ।

 वैज्ञानिकले भाइरसमाथि नियमित अध्ययन अनुसन्धान गरिरहेका हुन्छन् । यस क्रममा भाइरसलाई थप प्रभावकारी पार्न तिनको मूल संरचनामा समेत हस्तक्षेप गरिन्छ । भाइरस मानिसमा कति सर्छ भनेर पनि परीक्षण भइरहेको हुन्छ । भाइरसको चरित्र र महामारी कसरी विकास हुन सक्छ भन्ने अध्ययनका लागि यसो गरिने वैज्ञानिकहरू बताउँछन् । तर, यस्तो अनुसन्धानलाई कैयौँले खतरनाक मान्ने गरेका छन् । 

अर्को के पनि स्पष्ट छ भने कोरोना पहिलोपटक पहिचान भएको स्थान वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट नजिकै रहेको छ । यो इन्स्टिच्युटमा जंगली चमेरालाई लाग्ने कोरोना भाइरसको राम्रो संकलन रहेको छ । (तर, अहिले महामारीका लागि जिम्मेवार कोरोना भाइरसभन्दा त्यो निकै फरक रहेको बताइएको छ ।) इन्स्टिच्युटसँग भाइरसलाई बदलेर त्यसको संक्रामक स्थिति परीक्षण गर्ने विज्ञता रहेको छ ।

प्रयोगशालाबाट भाइरस फैलिएको भन्नेहरूको संकेत यही इन्स्टिच्युटतर्फ छ । प्रयोगशालाबाट कसरी भाइरस बाहिर आयो भन्नेबारे पनि अलग–अलग धारणा देखिन्छन् । अब कुन सिद्धान्तलाई पत्याउने भन्नेमा तपाईं कस्तो व्यक्ति हुनुहुन्छ भन्नेले निर्धारण गर्छ । जस्तो– तपार्इं मूलधारका विचारलाई सजिलै विश्वास गर्नुहुन्छ भने तपाईंले प्राकृतिक उत्पत्तिको कथालाई विश्वास गर्नुहुनेछ । वैज्ञानिकका अनुसार प्राकृतिक रूपमा पाइने भाइरसले पनि महामारी निम्त्याउँछ । विगतमा यस्तो भएको छ । तर, तपाईं विभिन्न प्रकारका षड्यन्त्रमा विश्वास गर्नुहुन्छ भने प्रयोगशालाबाट लिक भएको सिद्धान्त सही मान्ने सम्भावना बढी रहन्छ । 

दुवै पक्ष अर्को विचारलाई गलत ठान्छन् र विज्ञानका आधारमा पनि दुवै पक्षलाई गलत देखाउन सकिन्छ । जस्तो– भाइरस कैयौँ कारणले प्रकृतिमा परिवर्तनबाट गुज्रिरहेको हुन्छ । केही अवस्थामा भाइरसलाई प्रयोगशालामै पनि पुनर्संरचना गर्न सकिन्छ । पश्चिमका शीर्ष वैज्ञानिक पनि अहिले पक्ष र विपक्षमा तर्क गरिरहेका छन् । यसले पनि दुवै पक्षलाई आफ्नो मत सही हो भन्ने परेको छ । यो विवादले कसरी टुंगो लाग्ला, प्रस्ट छैन । 

प्राकृतिक रूपमा भाइरस उत्पन्न भएको प्रमाणित हुन वर्षौं लाग्न सक्छ । त्यस्तै प्रयोगशालाबाट भाइरस चुहिएको विषय प्रमाणित हुनका लागि वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमाथि पहुँच पाउनुपर्छ । यो तत्कालै सम्भव देखिँदैन । वैज्ञानिक, अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनले चीन सरकारले यस विषयमा सहकार्य र पारदर्शिताको माग गरेका छन् । तर, चीनले यस विषयमा जवाफ दिइरहेको छैन । 

त्यसैले यस विषयमा तत्कालै स्पष्ट जवाफ भेटिने स्थिति छैन । महामारी विज्ञानका अनुसार भने भाइरस प्राकृतिक रूपमा उत्पत्ति हुनु वा प्रयोगशालाबाट चुहिनुले केही फरक पार्दैन । उत्पत्तिको स्रोत जे भए पनि महामारीले बिकराल रूप लियो र अझै चलिरहेको छ । तर, महामारीको उत्पत्ति कसरी भयो भन्ने कुराले धेरै अर्थ राख्छ । प्राकृतिक उत्पत्ति भएको प्रमाणित भयो भने यसले हाम्रो प्रकृतिमा धेरै महामारी गराउने सामथ्र्य भएको सूक्ष्म जीव भएको पुष्टि गर्छ ।

प्रयोगशालाबाट लिक भएको भन्ने प्रमाणित भयो भने वैज्ञानिक अनुसन्धानलाई लामो समय बदनाम बनाउनेछ र षड्यन्त्रवादी सिद्धान्तकारलाई सही साबित गराउनेछ । मलाई व्यक्तिगत रूपमा भाइरस प्राकृतिक रूपमा उत्पन्न भएको होस् भन्ने लाग्छ, तर म पनि सत्य के हो जान्न चाहन्छु । 
(वुरान्यी विज्ञान तथा पर्यावरण विषयका लेखक हुन्) गार्जियनबाट