Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १६ आइतबार १९:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विचार र संगठनमा एमालेलाई पुनर्गठन गर्छौँ : बेदुराम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १६ आइतबार १९:१०:००

एमाले नेता बेदुराम भुसालले पार्टीलाई विचार र संगठनमा पुनर्गठन गरेर अघि बढ्ने बताएका छन् । विचार र सिद्धान्तमा स्पष्ट भएर अगाडि बढ्ने उनले बताए । अध्यक्ष केपी ओलीले माक्र्सवाद छाडेको र जबजलाई भ¥याङ मात्र बनाएको भुसालले जिकिर गरे ।

२ जेठमा फर्कने र फागुन २३ पछिको निर्णय खारेज हुने अवस्था आए पार्टीभित्रै बसेर विचारको संघर्ष गर्ने, तर त्यो स्थिति नभए संगठनलाई पुनर्गठन गरेर अगाडि बढ्ने भुसालले भनाइ छ । रामेछापमा अगुवा नेता तथा कार्यकर्तासँगको भर्चुअल बैठकमा आइतबार भुसालले सशक्त कम्युनिस्ट पार्टीको विकल्प नभएकोमा जोड दिए । एमालेको चरित्र पुनस्र्थापना गर्ने अभियानमा आफूहरू रहेको उनले बताए । एमाले एक हुने–नहुने विषय ओलीकै हातमा रहेको बताए । 

बजेट कागजमा लेखेर मात्र नहुने भन्दै भुसालले देशको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा पुगेको बताए । बजेट समाजवादउन्मुख नभएको उनले बताए । निर्वाचन गर्न प्रतिनिधिसभा भंग नभएको दाबी गर्दै उनले ओलीको कार्यशैलीप्रति प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता तथा लोकतन्त्रको रक्षाको पक्षमा उभिने शक्तिबीच सहकार्य गर्दै अघि बढ्ने भुसालले बताए । ओली मुलुकलाई संकटमा पु¥याउने उद्देश्यका साथ अघि बढेको भुसालले जिकिर गरे । बृहत्तर मोर्चा बनाएर अघि बढ्ने गृहकार्य भइरहेको पनि उनले बताए ।